युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य - Crazysaptahik.com

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।

युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.