
लङसिङ श्रेष्ठ
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शनिबारको खेलमा वडा नं। ८ लाई २–० को गोल अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ ।

शनिबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेका वडा नं- ८ ले केही राम्रा अवसर हरु पाए पनी बलले जाली चुम्न भने सकेन । खेलको सुरुबाटै रक्षात्मक साथै आक्रमक खेल खेलेका वडा नं-१ ले खेलको १५ आंै मिनेटमा जर्सी नं- ७ का दिलिप राईले गरेको उत्कृष्ट प्रहारले जाली चुम्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । जवाफ मा वडा नं- ८ ले थप आक्रमक खेल प्रस्तुत गरेता पनि बलले सहि दिशा भने लिन नसक्दा मध्यानतर पछीको खेलको ५० औं मिनेटमा वडा नं- १ का जर्सी ९ का सुशिल लिम्बुले गरेको उत्कृष्ट प्रहारले जाली चुम्दा खेललाई दोब्बर बनाए। वडा ८ लाइ २\० गोल अन्तरले पराजित गर्दै वडा न १ सेमिफाइनल प्रवेश गरेको हो।

यो सङ्गै वडा न १ ले आउदो फाल्गुन २ गते वडा न ९ सङ्ग पहिलो सेमिफाइनल खेल खेल्ने छ ।खेलका म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं। १ का जर्सी नं। ७ का दीलिप राई घोषित भए । भोलीको खेल मिक्लाजुङ वडा नं- ७ र वडा नं-२ बिच मध्यान्ह २ बजे बाट सुरु हुने खेल व्यवस्थापन उपसमितिका संयोजक मदन श्रेष्ठले बताए ।

