वडा नं. ८ मा वेकरी सीप विकास तालिम समापन - Crazysaptahik.com

वडा नं. ८ मा वेकरी सीप विकास तालिम समापन


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा वेकरी सीप विकास तालिमको समापन गरिएको छ ।
नगरको लघु उद्यम विकास शाखाको आयोजनामा वडा नं. ८ को सभाहलमा वडाध्यक्ष नवीन कार्कीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा वडाका तालिममा २० जना सम्भावित लघु उद्यमीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष नविन कार्कीले बेसिक तालिमले वडामा लघु उद्यमीहरुको वृद्धि गर्नेमा ढुक्क रहेको बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो–‘वडामा वेकरीको संभावना निक्कै राम्रो छ । यो तालिमले वडामा उद्यमीहरु अवश्य पनि उत्पादन गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
असार ९ गतेदेखि सञ्चालन भएको सो तालिमको सहजीकरण लघु उद्यम विकास शाखाकी सहजकर्ता भगवती कटुवालले गर्नुभएको थियो भने प्रशिक्षण विष्णु पौडेलले गर्नुभएको थियो ।
समापन कार्यक्रममा वडा सदस्यहरू बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शिवकुमारी विक र वडा सचिव बालकृष्ण राईको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.