पथरीशनिश्चरे १० मा निःशुल्क पशु उपचार शिविर - Crazysaptahik.com

पथरीशनिश्चरे १० मा निःशुल्क पशु उपचार शिविर

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ७७ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ ।

नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २० घरधुरीका २ सय ८४ गाई÷भैंसी, १ हजार १ सय ८ बाख्रा, २ हजार ३ सय ४० कुखुरा, १ हजार २ सय ४५ बंगुरलाई औषधि प्रदान गरिएको शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । जसमध्ये, ४ हजार २ सय ४६ को मेडिकल उपचार, ६ सय ४१ को माइनर सर्जिकल उपचार र ९० को गाइनोक्लोजिकल उपचार गरिएको छ ।

नगरको १ लाख रुपैयाँ बजेटमा सञ्चालित शिविरमा वडाध्यक्ष सागर राई सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.