ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने - Crazysaptahik.com

ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने

आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् ।

ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

उनका अनुसार, करणको मेडिकल रिपोर्टहरुले उनी खेल्न नसक्ने देखिएपछि गुल्सन झालाई ओमान पठाउने निर्णय भएको हो । चोटका कारण करणले सोमबार आयरल्याण्डसँग भएको चार देशीय टी–२० सिरिज पनि खेल्न सकेका थिएनन् ।

यसअघि चोटकै कारण बलर सोमपाल कामीले पनि ओमानमा हुने टी–२० सिरिज र ग्लोबल क्वालिफायर्स खेल गुमाइसकेका छन् । करण पनि घाइते हुँदा नेपाली टिममा अनुभवी फास्ट बलरको कमी देखिएको छ ।

नेपाली टिममा अलराउन्डर बलरको खाँचो भएकाले गुल्सनलाई पठाउन लागिएको कार्यवाहक सचिव मल्लले बताए । यही ओमान टुरमा सिनियर टिममा डेब्यू गरेका विवेक यादव र लोकेश बमसँग पनि नेपाली टिमले आशा गरेको छ ।

ओमान, युएई र आयरल्याण्डसँग एक–एक टी–२० खेल खेलेको नेपालले ग्लोबल क्वालिफायर्सको लागि अन्तिम टोली भने घोषणा गर्न बाँकी छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.