पथरीशनिश्चरे ८ मा क्युपेक नेपाल र किसान महासंघ गठन - Crazysaptahik.com

पथरीशनिश्चरे ८ मा क्युपेक नेपाल र किसान महासंघ गठन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन ट्रेड युनियन महासंघ (जिफण्ट) को घटक क्युपेक नेपाल र किसान महासंघ पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका अध्यक्ष नवीन कार्कीको अध्यक्षतामा मंगलबार एक कार्यक्रमका बिच वडा कमिटी गठन भएको छ ।

कार्यक्रममा बोल्दै एमाले पथरी शनिश्चरे अध्यक्ष तथा प्रमुख अतिथि रमेशकुमार दाहालले जनवर्गीय संगठनहरु पार्टीलाई बलियो बनाउने र पार्टीलाई जनस्तरमा लैजाने सबैभन्दा शक्तिशाली हतियार भएको बताउँदै नगरमा सबैभन्दा सक्रियताका साथ वडा नम्बर ८ कमिटी पार्टी शुद्धिकरण र सुदृढीकरण अभियानमा लागेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिएका छन् ।

क्षेत्रीय कमिटी सदस्य प्रकाशबहादुर कार्कीले शुभकामना मन्तब्य राख्दै वडा कमिटीको सक्रियता र संगठन बिस्तार गरेर जनतालाई पार्टीको झण्डामुनी गोलबद्द गराएको भन्दै अबका कार्यक्रम निर्वाचन केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै पार्टी वडा कमिटी अध्यक्ष नवीन कार्कीले नेकपा एमाले श्रमजीवी मजदुर र किसानहरूको प्रतिनिधित्व गर्ने पार्टी भएको र आगामी निर्वाचनमा जनताले आफ्नो दुख सुखको साथी एमाले लाई वडामा बिजयी बनाउनेमा आफुहरु ढुक्क रहेको बताउदै पुरानो शनिश्चरे चारको भुभागमा बेसार खेती र साबिक पाचको क्षेत्रमा धान खेतिको लाई सुबिधा थपगरेर किसानहरूलाई आत्मनिर्भर बनाउने र मेसन प्लम्बिङ जस्ता तालिमहरु संचालन गरेर मजदुरहरुको क्षमता वृद्धि गर्ने जस्ता कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

क्युपेक नेपालको अध्यक्ष बलबहादुर राई, उपाध्यक्ष चन्द्रबहादुर लुइटेल, सचिब देबप्रकाश राई, उप–सचिव द्वय रबिन श्रेष्ठ र राजु गुप्ता लगाएत २१ सदस्यीय कमिटी र किसान महासंघको अध्यक्ष ध्रुब कटुवाल, उपाध्यक्ष लोकमाया सुब्बा, सचिब निर्मला नेपाली, उप–सचिब द्वय भोजकुमार राई, राजन कार्की लगाएत १९ सदस्यीय वडा कमिटीलाई गठन भएको छ ।

नेकपा एमाले वडा कमिटी सचिब पुष्प पौडेलले संचालन गरेको कार्यक्रममा एमाले नेता तथा सात नम्बर वडा अध्यक्ष कपिलमणी ढकाल, नगरकमिटी सचिवालय सदस्य बाबुराम चौधरी, गिता बि.क. नगर कमिटी सदस्य निलकण्ठ सुबेदी, कुलबहादुर बिष्ट, राधा नेपाल लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.