
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी’ अभियान अन्र्तगत मंगलबार उर्लाबारी–३ चन्दनेमा सडक बत्ती विस्तार गरिएको छ ।
थापाचौकदेखि चन्दने जोड्ने सडकको २८ स्थानमा सडक बत्ती जडान गरिएको हो । सडक बत्तीको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर फागोले उर्लाबारीलाई उज्यालो र सुरक्षित बनाउने हेतुले राजमार्गका १ सय १४ स्थानमा, उर्लाबारी–मधुमल्लारोड, उर्लाबारी–इटहरा रोड सगै अन्य शाखा सडकहरुमा पनि सडक बत्ती विस्तार भएको बताए ।
विषेशगरी विहानी पख स्कुल कलेज जाने विध्यार्थीहरु लाई सडकमा सहजता महसुस होस साथै अन्धकारको फाइदा उठाएर विभिन्न दुव्र्यशनीमा लागेकाहरुलाई न्युनिकरण गर्न टेवा पुग्ने र राजमार्गमा हिट एण्ड रनको केसलाई पहिचान गर्न सडक बत्तीले सहयोग पुग्ने मेयर फागोको भनाइ छ ।
सडक बत्ती उद्घाटन कार्यक्रममा वडाध्यक्ष गञ्जबहादुर कार्की सदस्य सोमप्रसाद तिम्सिना लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बत्ती विस्तार समितीका संयोजक पुर्वजनप्रतिनिधि पारसमणि कुइकेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

