
मिक्लाजुङ। मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नं- ७ लाई ट्राइवेकरमा ४–३ को अन्तरले हराउँदै वडा नं-५ प्रतियोतिाको फाइनल प्रवेश सगरेको छ ।

मंगलबराको खेल सुरुवात बाट नै निक्कै आक्रामक बनेको थिायो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकियो । पहिलो हाफमा दुबै टिमले केही राम्रा अवसर हरु पाए पनी बलले जाली चुम्न सकेन ।
मध्यान्तर पछिको खेल झनै प्रतिशपर्धात्मक बन्यो । मध्यान्तर पछि वडा नंं- ७ ले दबाब मुलक खेले खेल्यो । वडा नं-७ ले वडा नं- ५ लाई दबाब दीएर खेल खेले पनी वडा नं- ५ ले रक्षात्मक खेल खेल्यो ।
निर्धारीत समय गोल रहित बराबरीमा सकिए पछी खेल सिधै ट्राइबेकरमा परिण भएको थियो । ट्राइवेकरमा वडा नं- ७ लाई ४–३ को अन्तरले हराउँदै वडा नं- ५ ले दोस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रातियोगिताको फाइनलको यात्रा सुनिस्चीत गरेको हो।
मंगलबारको खेलमा म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं- ५ का गोल किपर निशान मगर घोषित भए । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँशिल गर्नेले क्रमश ५१ हजार, ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
भोलीकोे फाइनल खेल मिक्लाजुङ वडा नं- ५ र वडा नं-१ बिच मध्यान्ह १ बजे बाट मनोहर जनता मा।वि। को खेल मैदानमा खेल सुरु हुने खेल व्यवस्थापन उप समितिका संयोजक मदन श्रेष्ठले बताउनु भयो ।


