
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले नगरसभाको तयारी सहितका विषयमा निर्णय गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई (किशोर) को अध्यक्षताको बैठकले, फागुन १० गते सम्पन्न गर्ने हिँउदे अधिवेशनका रुपमा दशौं नगरसभाको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनुभयो ।
साथै बैठकले प्रदेश प्रहरी कार्यालयको पत्रानुसार वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रको १० विगाहा जग्गामा प्रदेशस्तरीय विपद व्यवस्थापन गुल्मसँगै पेट्रोल पम्प निर्माण सम्बन्धमा छलफल गरेको छ ।
सरकारले प्रक्रिया पुर्याएर सो स्थानमा गुल्म र पेट्रोल पम्प निर्माण गरेमा नगरले त्यसलाई सहमति प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता गुरागाईंले उल्लेख गर्नुभयो ।

