
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा अवस्थित मंगलबारे प्रतिक्षा चोकमा महिलाहरुका लागि गुडिया तालिम सुरु भएको छ ।
सृजनशील महिला समूहको आयोजनाको १० दिने तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै महिलाहरुले घरमै बसेर छोराछोरीको स्याहारसुसार गर्दै आयआर्जन गरेर स्वनिर्भर वन्ने काममा अघि बढ्न गुडिया तालिमले सहयोग पु¥याउने चर्चा गर्नुभयो ।
कार्यक्रममा, स्थानीय समाजसेवी प्रकाशबहादुर कार्की, नवीनजंग कार्की, समूहकी बालकुमारी मगर, रिना गुरुङ सहितले मन्तव्य व्यक्त गर्नुभयो ।
नगरपालिका कार्यालयको लक्षित वर्गको ५० हजार बजेटमा २० जनाका लागि तालिम सञ्चालन भएको हो ।

