
क्रेजी संवाददाता
मिक्लाजुङ । मोरङको मिक्लाजुङमा भएको दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ वडा नं. ५ ले आफ्नो पोल्टामा पारेको छ ।
बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा वडा नं. १ लाई सडनडेथमा ६–५ को गोल अन्तरले हराउँदै वडा नं. ५ विजयी भएको हो ।
खेल सुरुवात भएदेखि नै दुवै टिमले आक्रामक खेल खेलेको थियो । खेलको निर्धारित समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न नसक्दा खेल टाइब्रेकरतर्फ मोडियो । टाइब्रेकरमा पनि खेल बराबरी भएपछि फाइनल खेलको निर्णय सडनडेथमा परिणत भयो । सडनडेथमा वडा नं. ५ ले वडा नं. १ लाई ६–५ को अन्न्तरले हरउँदै प्रतियोगिताको उपाधि चुमेको हो ।
प्रथम हुने टिमले ६५ तोलाबाट बनेको चाँदीको ट्रफी, नगद ५१ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे । द्वितीय हुने टिमले नगद ३१ हजारका साथ ट्रफी सहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।
यस्तैगरी प्रतियोगितामा खेल अवधिभर बेस्ट डिफेन्स वडा नं. १ का पदम राई, राइजिङ प्लेयर वडा नं. ७ का सागर अधिकारी, हाइ स्कोरर वडा नं. १ का दिलिप राई, बेस्ट गोलकिपर वडा नं. ५ का निशान मगर, बेस्टफर्वाड वडा नं. १ का दिलिप राई घोषित भए ।
यस्तैगरी बेस्ट मिडफिल्ड वडा नं. १ का आसिस राई, बेस्ट प्लेयर वडा नं. ९ का सुरेश राइ भए । फाइनल खेलमा म्यान अफ द म्याच मिक्लाजुङ वडा नं. १ का देउचन राई घोेषित भए ।

