इन्टरमाथि लिभरपुलको जित - Crazysaptahik.com

इन्टरमाथि लिभरपुलको जित

इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ ।इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २–० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १–१ गोल गरे ।

योसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.