पथरीशनिश्चरेमा ९७ जना एमालेमा प्रवेश - Crazysaptahik.com

पथरीशनिश्चरेमा ९७ जना एमालेमा प्रवेश

क्रेजी संवाददाता
पथरीशनिशचरे । नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

विहीवार एमालेका पोलिटब्युरो सदस्य समेत रहनुभएका मोरङ्ग निर्वाचन क्षेत्र नं –३ का संघीय सांसद् भानुभक्त ढकालले प्रमुख आतिथ्यको तर्फबाट सम्बोधन गर्दै–संसदमा दुई तिहाई बहुमत संख्या आवश्यकता पर्ने हुन्छ , जसमा एमालेसित ९७ जना सांसद रहेका हुँदा एम सी सी सदनबाट अस्वीकृत भैं पास हुनै नसक्ने संकेत गर्नु भएको थियो ।

पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीले अध्यक्षता गरेको उक्त कार्यक्रममा ३५ जना नेकपा माओवादी र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुहनेहरू पूर्णबहादुर कार्की अखिल नेपाल यातायात मजदुर संघ के.स., ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य, सीताराम खुलाल मगर – इकाई अध्यक्ष, नेपाल मजदुर संघ पश. नपा.
खगेन्द्र लकान्द्री, तिलक बस्नेत, प्रेम कार्की, पर्शुराम बराल, डिल्लीसेर राई, सरोज खड्का, गिता कार्की लगायत रहेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट योगेन्द्र मगर, सन्तोष बराल, सवल खड्का रहेका छन् । यसैगरी अभिषेक लिम्बु, सुरेश लिम्बु, संदिप लिम्बु, मंजिल लिम्बु, सुदिप लिम्बु, शुक्र लिम्बु, प्रकाश गुरुङ, धिरज गुरुङ, संजय राई, अरविन राई, करन थापा मगर, युवराज थापा मगर, उमेश चाम्लिङ राई, मुनाल गुरुङ, मोहन शाह, नवराज मगर, सुनिल बस्नेत, सुरज बस्नेत, करन दास, पावर्ती परियार, मनकुमार सुन्दास, श्याम पराजुली रहेका छन् ।

नेपाली काँग्रेसको तरूण दल प्रदेश समितिका सदस्य विक्रम तामाङ लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.