पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर - Crazysaptahik.com

पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ को महेन्द्र राजमार्गसँग सटिएको लक्ष्मी अटोमोबाइल्सले टीभीएस स्मार्ट एकसचेन्ज अफर ल्याएको छ ।

लक्ष्मी अटोमोबाइल्सले टीभीएस कम्पनीका मोटरसाइकल र स्कुटर विक्री गर्दै आइरहेको छ । यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । शो रुमले फागुन ८ (आज)देखि फागुन १३ गतेसम्म अफर आयोजना गरिरहेको छ ।

सो अफरमा पुराना बाइक तथा स्कुटर लिएर नयाँ खरिद गर्दा नगद १० हजार छुट र क्यास डाउन पे गर्दा ८ हजार छुट दिइएको शोरुमका सञ्चालक लक्ष्मी श्रेष्ठले जानकारी गराए । उनका अनुसार शो रुपमा एनड्रप स्कुटर १२५ सीसी, अपाची १६० सीसी, अपची आरटीआर २०० सी लगायतका बाइकहरूमा उपलब्ध छन् ।

शो रुमको विशेषतः सेवाप्रदायक क्षेत्रहरू लेटाङ, कानेपोखरी, पथरी, शनिश्चरे, कानेपोखरी, सुनवर्सी, हसन्दह, उर्लाबारीका पश्चिम भेग रहेका छन् ।

कम्पनीले ५ वर्ष वारेन्टी दिने गरेको र ब्याट्रीमा ६ महिनासम्म वारेन्टी दिनेगरेको बताइएको छ । बाइक खरिद गरिसकेपछि शोरुममा आफ्नै सर्भिस सेन्टरमा ७ वटासम्म सर्भिस निःशुल्क प्रदान गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.