
क्रेजी संवाददाता
दुधे । झापाको शिवसताक्षीमा स्थापित सताक्षी प्रेस क्लबको पाँचौ साधारणसभाको अवसरमा पत्रकार सरोज भटराई पुरस्कृत भएका छन् ।
शनिबार दुधेमा भएको पाचौ साधरणसभाबाट पत्रकार भट्टराईलाई नगद १० हजार १ सय रुपैयाँ सहित दोसल्ला, ढाका टोपी र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । भट्टराई सतासी साप्ताहिक खबर पत्रिकाको स्थापना कालखेखि नै पत्रकारिताको क्षेत्रमा कार्य गरी खोज पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको उच्च कदार गर्दै मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट भट्टराईलाई पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि शिबसतक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरको पचार प्रसार क्षेत्रमा पत्रकारहरुले खेलेको भुमिका उदाहरणिय भएको भन्दै निश्पक्षिय र निडर भएर कलम चलाउन आग्रह गरे । उनले यस नगर कृषि र धार्मिक तथा पर्यटकिय क्षेत्रमा जिल्ला कै पहिलो पालिका भएकोले थप प्रचार गर्न समेत सुझाए ।
सधारणसभामा क्लबका अध्यक्ष सेलिङ केसीले संस्थाको तर्फबाट बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष रोशन थोप्रा, कबि तथा साहित्यकार विवश बलिभद्र कोइराला, पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशब भट्टराई लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र शिबसताक्षीका नगरअध्यक्ष महेन्द्र भट्टराई, शिवसतक्षी लायन्स क्लबका अध्यक्ष चन्द्रप्रसाद खनाल, सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुुब्बा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राई, सतासीधाम जेसीजका उपाध्यक्ष जेसी निर्मला प्रधान, लगायतको सहभागिता रहेको थियो । क्लबका सदस्य योसा थेबेले स्वगत मन्तब्य बोलेको कार्यक्रमको संचालन उपाध्यक्ष दिलिप घिमिरेले संचालन गरेका थिए ।

