
क्रेजी संवाददाता
पथरी । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको पथरीशनिश्चर नगर कमिटी सुदेश राईको अध्यक्षतामा गठन भएको छ ।
शनिवार भएको नगर कमिटीको प्रथम भेलाले ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षद्वय चिरन सेन्चुरी र मनिष ढकाल, सचिव –प्रकाश शिवा, उप–सचिवद्वय किरण राई र आकाश उप्रेती , कोषाध्यक्ष– स्वस्तिका राई भएका छन् ।
यसैगरी सोही कमिटीका अन्य सदस्यहरू क्रमशः किरण राई, जंगबहादुर गुरुड–, विवेक शिवा, नवीन वि.क., बिना विक, नवराज राई, फिलिप लिम्बु , सुमन शिवा, सागर राई, श्याम घिमिरे, अतीत परियार प्रज्वल राई, आकाश उप्रेति, सूरज राई , विकास लिम्बु, शंकर याख्खा, अजय राई , अभिषेक तामाङ, सुजिन्द्र राई, सन्जीव मगर, जासन लामा, अतीत राई , कालुमान तेन्वे, सुमन राई उज्वल लिम्बु , विशाल लिम्बु, राजन लिम्बु , क्षितिज पयाङ्गु , सतीश लिम्बु , मान प्रसाद लिम्बु , प्रकाश शिवा, किरण राई ,पिताम्बर दहाल, प्रवीन राई, नवराज राई, अर्जुन शर्मा र नगेन्द्र घिमिरे , एटम भट्टराई , सुमन शिवा , लगायत रहेका छन् ।

विकास राईको अध्यक्षतामा भएको कार्यक्रममा यूवा संघ नेपालकी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ्ग ईन्चार्ज शान्ति गुरुङ पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त भेलामा नेकपा– एकीकृत समाजवादीका प्रदेश नं १ का सदस्य टंक भण्डारीले नवगठित नगर कमिटीका पदाधिकारीहरु बधाई तथा शुभकामना दिनुहुदै पार्टीलाई जनस्तरसम्म लैजान र उदाहरणीय काम गर्दै अघि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा संविधानसभाका सभासद तथा मोरङ जिल्ला कमिटीका उपाध्यक्ष चण्डी प्रसाद राई, जिल्ला कमिटी सदस्य – सुनिता तिम्सिना , यूवा संघका केन्द्रीय सदस्यहरु क्रमशः विकास राई, जोन सुब्बा , मधुकर राई , मिलन राई , पार्टीका नगर कमिटीका अध्यक्ष तुलसी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
आजै नवगठित कमिटीका पदाधिकारीहरुलाई युवा संघ नेपालकी सचिवालय सदस्य समेत रहेकी मोरङ जिल्ला इन्चार्ज शान्ति गुरुङ पाख्रिनले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

