
क्रेजी संवाददाता
पथरी । नेकपा–एकीकृत समाजवादी पथरीशनिश्चरे– ८ को वडा कमिटी गठन भएको छ ।
पूर्व जनप्रतिनिधि समेत रहेका शुकबहादुर खजुमको अध्यक्षतामा शनिबार १९ सदस्यीय कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा मुना परियार, सचिव नारायण पाण्डे तथा उपसचिव बलबहादुर विक रहेका छन् ।
यसैगरी सोही कमिटीका सदस्यमा क्रमशः नरबहादुर खजुम, रामबहादुर मगर, तुलसी प्रसाद खतिवडा, सुवास लिम्बु, मञ्जु कट्वाल, गंगा माया विक, अमरबहादुर तामाङ, अम्विका आचार्य, याम बहादुर खड्का, चन्द्र जोगी, पहलमान पराजुली लगायत रहेका छन् ।
वडा भेलामा संविधानसभाका सभासद तथा दलका मोरङ जिल्ला कमिटीका उपाध्यक्ष चण्डी प्रसाद राईले नेकपा– एकीकृत समाजवादीले सर्वहारा वर्गका जनताहरूको लागि काम गर्ने र न्याय दिनसक्ने भन्दै आगामी चुनावमा कलम चिन्हमा अत्याधिक मत दिएर जिताउन समेत आग्रह गर्नुभएको थियो ।
सोही क्रममा प्रदेश कमिटी सदस्य टंक भण्डारीले नेकपा–एमाले भारतमुखी – दक्षिणपन्थी भएको आरोप लगाउँदै आदिवासी जनजाति, निम्न वर्गीय किसान तथा भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरूलाई वर्तमान गठबन्धनको सरकारमा सहभागी नेकपा– एकीकृत समाजवादीको पहलमा मात्र लालपुर्जा वितरण गर्न सक्ने जिकिर गर्नुभयो ।
भेलामा प्रदेश कमिटी सदस्यहरू क्रमशः मान बहादुर लिम्बु, टंक भण्डारी, जिल्ला कमिटीका सदस्य अरूण तामाङ , पदम पाण्डे , नगर कमिटीका अध्यक्ष तुलसीराम ढकाल लगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा संघीय लिम्बुवान पार्टी नेपाल नेपालको मोरङ जिल्ला उपाध्यक्ष राज पयाङ लिम्बुले पार्टी परित्याग गरी नेकपा– एसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी तथा वडा कमिटीका पदाधिकारीहरूलाई संविधान सभाका सभासद चण्डी प्रसाद राई,मान बहादुर लिम्बु, टंक भण्डारी लगायतले अविर लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

