
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आइतबारको बैठकले नगरसभाको तयारी सहितका विषयमा छलफल गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षताको बैठकले, फागुन १० गते सम्पन्न गर्ने हिँउदे अधिवेशनका रुपमा दशौं नगरसभाको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनुभयो ।
साथै बैठकले चालु खर्च र पूँजीगत खर्चको अवस्थाका बारेमा पनि छलफल गरेको पनि उल्लेख गर्नुभयो ।

