भक्तपुर कप फुटबल : गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी - Crazysaptahik.com

भक्तपुर कप फुटबल : गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् । मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् ।

आयोजक भक्तपुर युवा टिमले बनेपा ब्वाइज क्लबलाई १–० ले हराएको थियो । विजेताको तर्फबाट क्रिजल खडकाले गोल हानेका थिए । दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.