युरोपा लिगबाट बाहिरियो डर्टमुन्ड - Crazysaptahik.com

युरोपा लिगबाट बाहिरियो डर्टमुन्ड

डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिएको छ ।​ इएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको डर्टमुन्ड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएपछि युरोपा लिगबाट पनि बाहिरिएको हो ।

डर्टमुन्ड अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको थियो । पहिलो लेगमा ४–२ को हार बेहोरेको डर्टमुन्डले दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि पहिलो लेगको हारले अघिल्लो चरणमा पुग्न सकेन ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली रेन्जर्सका लागि दुवै गोल जेम्स टाभेरनिएरले गोल गर्दा डर्टमुन्डका जुडे बेलिङघम र डोनेल मालेनले गोल गरे । खेलको २२ औं मिनेटमा जेम्स टाभेरनिएरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली रेन्जर्सलाई १–० को अग्रता दिलाए ।

३१औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–१ को अग्रता लिदै युरोपा लिगको सम्भावना राखेको थियो ।

तर, ५७औं मिनेटमा जेम्स टाभेरनिएरले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । त्यसपछि तप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिदा डर्टमुन्ड अघिल्लो चरणमा प्रवेश गर्न सकेन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.