
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे ४ मा लघु उद्यम सृजनाका लागि बाख्रा÷बंगुर पालक सिप विकास तालिम सञ्चालन गरिएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरको लघु उद्यम शाखाको आयोजनामा सञ्चालित ५ दिने तालिमको ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले उद्घाटन गर्दै वडाबासीलाई उद्यमी बन्ने कुरामा लागिपर्न अनुरोध गर्नुभयो ।
सहभागिबाट गठित हरियाली समूहका अध्यक्ष भूपाल राईको अध्यक्षतामा उद्घाटन् कार्यक्रम सम्पन्न भयो । नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितले तालिमको सहजिकरण गर्नुभएको छ । ४१ हजार ५ सय ५० रुपैयाँ बजेटमा सञ्चालित तालिममा २२ जनाको सहभागिता रहेको वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्कीले जनाउनु भयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यमका विभिन्न कार्यक्रम सञ्चालित छन् ।
मोरङको पथरी शनिश्चरे ८ र ९ का लागि लघु उद्यम सम्बन्धी १ महिने ब्याग निर्माण र ९ का आदिवासी जनजातिका लागि ७ दिने जिप्सन फेव्रिकेटर तालिम सुरु भएको छ ।
नगरको लघु उद्यम शाखाको आयोजनामा ब्याग तालिम र वडा नम्बर ९ को बजेटमा आदिवासी जनजातिका लागि जिप्सन फेव्रिकेटर सम्बन्धी १ हप्ते तालिमको कार्यपालिका सदस्य निर्मला गदाल विश्वकर्मा र ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ मार्फत् उद्घाटन गरिएको छ ।
ब्याग तालिममा दुवै वडाका २२ जना र जिप्सनमा ९ नम्बर वडाका १० जनाको सहभागिता रहेको लघु उद्यम शाखाकी वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्कीले जनाउनुभयो ।
ब्याग तालिमका लागि २२ वटा मेसिन खरिद समेत गरी ४ लाख ४७ हजार ४ सय ५० रुपैयाँको बजेटको कार्यक्रम रहेको छ ।

