दोस्रो अध्यक्ष कप रनिङ शिल्ड विजेतालाई ५० हजार पुरस्कार तथा सम्मान कार्यक्रम - Crazysaptahik.com

दोस्रो अध्यक्ष कप रनिङ शिल्ड विजेतालाई ५० हजार पुरस्कार तथा सम्मान कार्यक्रम

मधुमल्ला । दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०७८ मा बिजेत बनेको टिमलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।

खेलाडीहरुको खेल कौषलमा थप हौशला बढाउने उदेश्यले मिक्लाजुङ वडा नं. ५ का युवा समाजसेवी तथा व्यवसायी शंकर बजगाईले उपाधी जित्न सफल वडा नं. ५ को टिमलाई नगद रु ५० हजार रकमको चेक दिएर सम्मान गर्नु भएको हो ।

शुक्रबार मिक्लाजुङ वडा नं. ५ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई सम्मन गरिएको वडा नं. ५ का टिम म्यानेजर लङशिङ श्रेष्ठले बताउनु भयो । गत माघ २६ देखी फागुन ४ गते सम्म संचालन भएको दोस्रो अध्यक्षक कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी माथी वडा नं. ५ ले कब्जा जमाएको थियो ।

खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गदै वडा नं. ५ का कार्यबहाक वडाध्यक्ष चन्द्र प्रसाद धमालले खेललाई अझ व्यापक बनाउँदै युवाहरुमा नेतृत्व विकाश गर्दै लाने र फुटबल खेलमा बिकास गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा खेलाडिहरु खादा, अबिर तथा सम्मान पत्रद्धरा सम्मानित गरिएको थियो । उत्त पुरस्कार वडा खेल संयोजक पायल राईले ग्रहण गर्नु भएको थियो । कार्यक्रम वडा नं. ५ का सचीव अनिस ढकालले बताउनु संचालन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धीजिवी र संघसंस्था प्रतिनीधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.