बलात्कारपछि बालिका हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी (भिडियो सहित) - Crazysaptahik.com

बलात्कारपछि बालिका हत्या प्रकरण : बेल्टको बक्कल र कडीले पत्ता लगायो आरोपी (भिडियो सहित)


क्रेजी संवाददाता
लेटाङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी ११ वर्षीय करुणा राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका ६३ वर्षीय दिपक गिरीलाई प्रहरीले सार्वजानिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरीएको हो । हत्या आरोपमा पक्राउ परेका गिरीलाई इलका प्रहरी कार्यालय लेटाङले आइतबार कर्तब्य ज्यान र जवरजस्ती करणाी मुद्दामा मोरङ अदालतमा म्याद थप गरेको थियो ।

इप्रका लेटाङले गिरी विरुद्ध म्याद थप गरेपछि पत्रकार सम्मेलनको लागि प्रतिवादीवादीलाई मोरङ प्रहरी कार्यालयमा पु¥याएको थियो । बुधबार स्कुलबाट फर्कने क्रममा गिरीको हिंस्रक आक्रमणमा परेर बाटैबाट बेपत्ता बनेकी करुणाको शव शुक्रबार बिहान फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले बलात्कारपछि मुख थुनेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बलत्कार गरेपछि पोल खुल्ने डरले गिरीले हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

गिरीले शव लुकाउन केराको झ्याङको खाडलमा ढुंगाले थिचेर गाडेका थिए । ‘मिहिन ढंगले अनुसन्धानपछि अपराधी पत्ता लगाउन सकियो,’ एसपी जिसीले भने, ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुंगाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन् ।

लेटाङमा प्रदर्शन भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=ajTYlDBKsDI&t=254s

सम्बन्धित खवर