गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने - Crazysaptahik.com

गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने

गुल्सन झाले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले झालाई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।

नेपालका लागि उनले ९ एकदिवसीय अन्तर्राष्ट्रिय र १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । विश्वकप छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । क्यानले यू–१९ क्रिकेट टोली यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित खवर