रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी कारवाहीमा - Crazysaptahik.com

रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी कारवाहीमा

रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ ।

कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी डिएगो गोडिन र एडिन्सन काभानीलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

त्यस्तै फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेजलाई चार खेलको प्रतिबन्ध लगाएको छ । यस्तै उरुग्वेका चार खेलाडीले फुटबल सम्बन्धि सामुदायिक सेवा र २० हजार स्विस फ्रान्क जरिवाना तिर्नुपर्नेछ ।

घानाविरुद्ध पेनाल्टी नपाएपछि आक्रोशित उरुग्वेका खेलाडीहरु रेफ्रीविरुद्ध खनिएका थिए ।

सम्बन्धित खवर