युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा - Crazysaptahik.com

युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा

कासिमिरोको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३–१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरोले दुई गोल गरे ।त्यस्तै फ्रेडले एक गोल गरे ।

यता रिडीङका लागि अमाडउ बेनग्यूले एक गोल फर्काए । कासिमिरोले खेलको ५४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ५८ औँ मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको ६५ औँ मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो । फ्रेडले खेलको ६६ औँ मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।

यता रिडीङका लागि खेलको ७२औँ मिनेटमा अमाडोउ सालिफले एक गोल फर्काए पनि युनाइटेडले ३–१ गोलको जित निकाल्यो ।

सम्बन्धित खवर