मार्टिनेज चम्कँदा इन्टरको पुनरागमन जित - Crazysaptahik.com

मार्टिनेज चम्कँदा इन्टरको पुनरागमन जित

लाउटारो मार्टिनेज चम्कँदा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनीजमाथि २–१ को जित हात पारेको हो ।

क्रेमोनीजले खेलको ११ औं मिनेटमा डेभिड ओक्रेरेकेको गोलबाट अग्रता बनाएको थियो । इन्टरका लागि लाउटरो मार्टिनेजले खेलको २१औं मिनेटमा बराबरी गोल फर्काए ।खेलको ६५ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।

जितसँगै इन्टर २० खेलमा ४० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्रेमीनीज ८ अंक जोडेर पुछारमा छ ।

सम्बन्धित खवर