युवा संघका नेता–कार्यकर्ता सबैका लागि आदर्श बन्नुपर्ने, – निरु पल - Crazysaptahik.com

युवा संघका नेता–कार्यकर्ता सबैका लागि आदर्श बन्नुपर्ने, – निरु पल

क्रेजीसंवादाता,

हेटौंडा । नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरु पालले युवा संघका नेता–कार्यकर्ता सबैका लागि आदर्श बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै युवा संघका पूर्व अध्यक्ष समेत रहनुभएकी नेतृ पालले युवा संघ सधैंका लागि र सबैका लागि विशेष हुनुपर्ने बताउनुभयो ।

गौरवपूर्ण इतिहास बोकेको युवा संघलाई अझ सशक्त ढंगले अगाडि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । केपी शर्मा ओलीसँग जोडिएको संगठनलाई गल्ती गर्ने छुट नभएको नेतृ पालले बताउनुभयो ।

भन्नुभयो – ’यो श्रदेय अध्यक्ष केपी ओलीसँग जोडिएको संगठन हो, त्यसकारण गल्ती गर्ने छुट तपाइँहरुलाई छैन, यो गौरवपूर्ण इतिहास बोकेको, महेश बस्नेत अध्यक्ष भएको, महिला अध्यक्ष जन्माउने संगठन हो, त्यसर्थ अन्याय अत्याचार विरुद्ध धावा बोल्नुस् ।’

नेताहरुका अघिपछि मात्रै लागेर अब पद नपाइने भन्दै उहाँले रोएर नभइ प्रतिष्पर्धामा श्रेष्ठता हासिल गरेर नेतृत्वमा स्थापित हुन समेत शुभकामना दिनुभयो । युवा संघका लागि अध्यक्ष मुख्य धुरी केपी ओली मात्रै भएको भन्दै नेतृ पालले संगठनभित्र बसेर सहयोद्धालाई खुल्याउने काम नगर्न सुझाउनुभयो । जिम्मेवारी लिएर काम गर्न समेत उहाँले युवा संघका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.