ब्लाष्टकर्मी सुब्बा सहित दुईजना पुरस्कृत - Crazysaptahik.com

ब्लाष्टकर्मी सुब्बा सहित दुईजना पुरस्कृत


क्रेजी संवादाता,
पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा ब्लाष्ट दैनिकका पथरी संवाददाता तथा निगरानी टाईम्स अनलाइका प्रधान सम्पादक दिनेश सुब्बा लिम्बु र तेजेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको हो ।

दिनेश सुब्बा लिम्बुलाई ११ हजार १ सय रूपैयाँ राशिको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार र १५ हजार ५ सय राशिको जनार्दन मैनाली पत्रकारिता पुरस्कार तेजेन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।

कानेपोखरी ४ का सुब्बा धरानबाट प्रकासित हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत साथै कानेपोखरी गाउँपालिकाबाट प्रकाशित हुर्दै आएको निगरानी टाईम्समा आवद्ध रहेकाछन् । त्यसैगरी विराटनगरका भण्डारी विराटनगरकै रातो तारा डटकम अनलाइनका सञ्चालक एवं प्रधान सम्पादक हुन् ।

दुवै जनालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशमा पत्रकारमैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेश सञ्चार प्रतिष्ठानलाई पुनः ब्युँताइने उनको भनाइ छ । ‘हिजोको सरकारले के कारण प्रतिष्ठानलाई खारेज गरेको हो भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘अब कानुन बनाएर सरकारले प्रतिष्ठानलाई अघि बढाउने छ ।’

पत्रकारिता क्षेत्रको विकासका लागि सञ्चार प्रतिष्ठान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको कथन छ । तत्काल चैँ मन्त्रालयको संख्या नबढाइने स्पष्ट पारेका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।

त्यसपछि कार्यबोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्छन्,’ उनले भने । ‘प्रदेश निजामति ऐन बन्नु परयो । प्रहरी प्रदेश मातहतमा आउनु परयो ,’ उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुनहरु निर्माण हुनु परयो ।

त्यसपछि प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयहरु बढ्न सक्छन् ।’ अहिलेको अवस्थामा भने मन्त्रालय थप्न आवश्यक नरहेको कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले यसअघि नै १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाइसकेको छ ।

सम्बन्धित खवर