गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला - Crazysaptahik.com

गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला

क्रेजी संवादाता
पथरी।
शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा २०६४ सालमा स्थापना भएर निरन्तर उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले मंगलबार कार्यशाला संचालन गरेको हो ।

विद्यार्थी गुणस्तर समूहद्वारा आयोजित कार्यशालामा विद्यार्थी गुणस्तर समूह, प्राध्यापक कर्मचारी समूह, विद्यार्थी सङगठन समूह, क्याम्पस संचालक समिति समूहमा समूहिक छलफल र प्रस्तुतीकरण भएको थियो । समूहगत छलफल र प्रस्तुतीकरणमा आधुनिक प्रविधिको अभाव, व्यवस्थित समय, सुशासनको अभ्यासमा कमी, आन्तरिक क्रियाकलाप कम हुने, आन्तरिक परीक्षा समयमा नहुनु, पुस्तकालयमा आवश्यक पुस्तकहरु उपलब्ध नहुनु जस्ता कुराहरुमा छलफल तथा त्यसबारे चर्चा भएको थियो ।

स्वागत मन्तव्यको क्रममा कार्यशालाको विषयको प्रस्तुतीकारण क्याम्पसका उपप्राध्यपक तथा निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेलले प्रकाष पार्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष माधवप्रसाद कोइराला, पथरीशनिश्चरे १ का वडाध्यक्ष एवम् समितीका सदस्य भिमकुमार राई, शौक्षिक अभियान्ता एवम् समिती सदस्य प्रदिपकुमार राई, खगेन्द्रप्रसाद लुइटेल, दुर्गा सुवेदी दंगाल, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, उपेन्द्र बस्नेत, स्ववियु अध्यक्ष गोपालकुमार साँवा, अंग्रेजी विभाग प्रमुख शङ्कर देवान, क्रमशः नेपाली लक्ष्मी ढुङ्गेल, व्यवस्थापन घनेन्द्र कार्की, मानविकी संङकाय भीमप्रसाद लुइँटेल, धर्मराज बोहोरा, रोहित बास्तोला, लक्ष्मी लुइटेल, उमेशकुमार खड्काको उपस्तिथि रहेको थियो ।

दुर्गाप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख ऋषिराज धिमालले संचालन गर्नुभएको थियो ।

 

 

सम्बन्धित खवर