केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का - Crazysaptahik.com

केनको कीर्तिमानमा सिटीलाई स्पर्सको झट्का

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम हटस्पर्सले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । केनले जिमी ग्रिभेसको कीर्तिमान भंग गर्दै क्लबका लागि आफ्नो व्यक्तिगत गोल सङ्ख्या २६७ पुयाएका हुन् ।

इंग्ल्याण्डका कप्तानले खेलको १५ औँ मिनेटमा गोल नै खेलमा निर्णायक बनेको थियो । यो गोल लिगमा उनको २ सयौँ गोल थियो । उनीभन्दा अघि एलन सिएरर (२६० गोल) र वेयन रुनी (२०८ं) गोल मात्र रहेका छन् ।

खेलको अन्त्यतिर क्रिस्टियन रोमेरोले रातो कार्ड पाउँदै मैदान छाड्न परेपछि स्पर्स १० खेलाडीमा सीमित भएको थियो । स्पर्ससँग पराजित भएपछि सिटीको लिग उपाधि जित्ने होडमा ठुलो धक्का लागेको छ ।

२१ खेलबाट ४५ अङ्क बटुल्दै सिटी लिगको दोस्रो स्थानमा छ भने २२ खेलबाट ३९ अङ्क बटुल्दै स्पर्स पाँचौँ स्थानमा कायम छ ।

सम्बन्धित खवर