मिलान डर्बीमा इन्टर विजयी - Crazysaptahik.com

मिलान डर्बीमा इन्टर विजयी

लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ ।

नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो । कप्तान मार्टिनेजले खेलको ३४ औँ मिनेटमा कर्नरबाट हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर इन्टरका दुई गोललाई रद्द गरिएको थियो ।

उता एसी मिलानले भने सबै प्रतियोगितामा आफ्ना पछिल्ला ६ खेलमध्ये ५ मा हार बेहोरेको छ । टोली लिगको छैटौँ स्थानमा खस्किएको छ ।

सम्बन्धित खवर