भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु - Crazysaptahik.com

भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् । क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पका कारण आफ्नो ज्यान गुमाए । हार्दिक श्रद्धाञ्जली । ’

‘हामी तपाईँलाई कहिल्यै बिर्सने छैनौँ,’ यसमा थपिएको छ । २८ वर्षीय तुर्कासलानले २०२१ मा आबद्ध भएपछि टर्की डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।

सम्बन्धित खवर