युनाइटेडले आत्मघाती गोलगर्दा लिडससँग अङ्क बाँड्न बाध्य - Crazysaptahik.com

युनाइटेडले आत्मघाती गोलगर्दा लिडससँग अङ्क बाँड्न बाध्य

म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अङ्क बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो ।

युनाइटेडका लागि मार्कस ¥यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अङ्क बाडने मौका दिए । खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनाउँदा युनाईटेड २–१ ले पछि पर्न गयो ।

युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए। ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए । १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अङ्क छ। २२ खेलबाट ४३ अङ्क जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.