आजबाट महिला टी–ट्वान्टी विश्वकप - Crazysaptahik.com

आजबाट महिला टी–ट्वान्टी विश्वकप

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् ।

केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५\५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

सम्बन्धित खवर