महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल - Crazysaptahik.com

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल


आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् । आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साबिक बिजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

पार्लस्थित बोल्याण्ड पार्कमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे आयोजना हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागीता छ ।

सहभागी १० टोलीलाई ५–५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् ।

सम्बन्धित खवर