भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह - Crazysaptahik.com

भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले एक इनिङ र १ सय ३२ रनको शानदार जीत हासिल गरेको छ । दोस्रो इनिङ्समा अस्ट्रेलिया मात्र ९१ रनमा सीमित बनेको हो ।

भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह देखिएको थियो । स्टीभ स्मिथले नटआउट रहँदै २५ रन बनाउनुबाहेक अरुले खासै योगदान दिनसकेनन् । भारतका लागि रवीचन्द्र अश्विनले ५ तथा रवीन्द्र जडेजा र मोहमद शमीले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा १७७ रनमा सीमित भएको थियो । भारतले भने पहिलो पारीमा ४ सय रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १२० रन बनाएका थिए । अस्ट्रेलियाका लागि डेब्यू गरिरहेका टड मर्फीले ७ विकेट लिएका थिए ।

सम्बन्धित खवर