फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, एमबाप्पे र बेन्जेमा - Crazysaptahik.com

फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, एमबाप्पे र बेन्जेमा

लियोनेल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेस्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो । सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेसी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन ।

यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेसीखेलकले द वेस्ट फिफा अवार्ड जितिसकेका छन् । मेसी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द वेस्ट फिफा अवार्ड जितेका छन् ।

तर, यस वर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए ।

सम्बन्धित खवर