डर्टमण्डको सहज जित - Crazysaptahik.com

डर्टमण्डको सहज जित

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो । डर्टमण्डको जित दिलाउन खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए । जितसँगै डर्टमण्डले २० खेलमा ४० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता ब्रेमेन २७ अंक जोडेर ९ औं स्थानमा छ ।

सम्बन्धित खवर