हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया - Crazysaptahik.com

हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया भएको हो ।

नगरपालिकाको आयोजनामा भएको सो अन्तरक्रियामा १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य संयोजक मुरारी आचार्य, सह–संयोजकद्वय एकराज कार्की, जगत मगरले सहजकीकरण गर्नुभएको थियो ।
पथरीशनिश्चरे नगरपालिकामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगको आम औषधि सेवन अभियान सञ्चालन हुनेछ ।

सम्बन्धित खवर