आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको शृङ्खलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिड्न लागेको हो ।
नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाई नाभिबियालाई पराजित गरेर शीर्ष स्थानमा छ।