आईसीसी क्रिकेट लिग–२ : आज नेपालले नामिबियाको सामना गर्ने - Crazysaptahik.com

आईसीसी क्रिकेट लिग–२ : आज नेपालले नामिबियाको सामना गर्ने

आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा आयोजना हुँदैछ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

नामिबिया भने आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो । सिरिजमा नेपाल २६ खेलमा २२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर