आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरको चौथो बलमा सन्दीप जोरालाई पाँचौं विकेटको रूपमा गुमाएको हो ।
यसअघि नेपालले १८ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको थियो । नेपालका कुशल मल्ल १७ रन बनाएर आउट भएका थिए ।