नेपालको सातौं विकेट पतन, सन्दीप आए ब्याटिङमा - Crazysaptahik.com

नेपालको सातौं विकेट पतन, सन्दीप आए ब्याटिङमा

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको चौथो बलमा सातौं विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामी २ रन बनाएर आउट भए । यसअघि दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भएका थिए । नेपालको सातौं विकेट गुमेपछि अहिले सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।

सम्बन्धित खवर