प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले आफूहरुले धेरै गल्तीहरु गर्दा त्यसको फाइदा स्पेनिस क्लब रियलले उठाएको बताए । मंगलबार भएको खेलमा लिभरपुल रियलसँग ५–२ गोल अन्तरले हारेको थियो ।
उक्त खेलमा रियलले लिभरपुलविरुद्ध धेरै फाइदा उठाएको थियो । ‘हामी रियलको घरेलु मैदानमा नै गयर पुनरागमन गर्नेछौं । हाम्रो लागि त्यो चुनौतीपूर्ण छ भन्ने थाहाँ छ । तर, पनि हामी राम्रो खेल्नेछौं,’ क्लोपले भने ।
क्लोपले रियल जस्तो टोलीसँग गल्टि गर्दा उसले सजाय दिने बताए । बलियो टोलीसँग आफूहरुले धेरै गल्ती गरेको बताए । ‘रियल जस्तो टोलीसँग धेरै गल्ती गर्दा हामीले सजाय पायौं । त्यसको फाइदा रियलले उठायो । अब यो गल्तिबाट दोस्रो लेगमा पक्कै पनि सुधार हुनेछ,’ क्लोपले भने ।