च्याम्पियन्स लिगमा दुई खेल - Crazysaptahik.com

च्याम्पियन्स लिगमा दुई खेल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले जर्मनक्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ । आरबी लाइपजिगको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

खेलमा जित निकाल्दै सिटी पहिलो लेगमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । प्रिमियर लिगमा पनि बलियो भएको अवस्थामा सिटी आजको खेलमा जित निकाल्दै यो पटक च्याम्पियन्स लिगमा आफूलाई बलियो सावित गर्ने योजनामा छ ।

यता लाईपजिग पनि आजको खेलमा जित निकाल्दै सिटीलाई चुनौती दिने योजनामा छ । घरेलु मैदानमा नै हुने खेलमा जित निकाल्दै सिटीको घरेलु मैदानमा हुने खेलमा आफूलाई तयार पार्ने योजनामा छ । च्याम्पियन्स लिग अन्तर्गत सोही समयमा हुने अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले र्पाेर्चुगिज क्लब पोर्टाेसँग खेल्दैछ ।

घरेलु मेदानमा हुने खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजना मिलानको हुनेछ । यता पोर्टाे खेमला जित निकाल्ने योजनामा हुनेछ ।

सम्बन्धित खवर