पथरीशनिश्चरेमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान - Crazysaptahik.com

पथरीशनिश्चरेमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान


पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ । फागुन ११ गते पथरीशनिश्चरे नगरपालिकाको कार्यलयबाट सो अभियानको थालनि भएको हो ।

नगर प्रमुख मोहन तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले बिहान औषधि सेवन गरेर अभियानको थालनि भएको हो । अभियानको सुरुवात गर्दै नगर प्रमुख तुम्वापोले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरिसकेको र सम्पुर्ण नगरबासीहरुले पनि सेवन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले यस अभियानमा सबै नगरवासीले औषधि सेवन गर्न नछुट्न र नदोहरिन समेत आव्हान गर्नुभयो । सवैले सहयोग गरेमा मात्र राष्ट्रिय हात्तीपाईले रोग निवारण, आम औषधि सेवन अभियानलाई सफल बनाउन सकिने बताउनु भयो ।

 

सम्बन्धित खवर