रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले हराएको हो । घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे ।
खेलको ७८ औं मिनेटमा पोर्टाे १० खेलाडीमा समेटिएको थियो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए ।लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १–० गोलको जित दिलाए । दुई टोलीबीचको अर्काे लेग अब १४ मार्चमा पोर्टाेमा मैदानमा हुनेछ ।