नेपाली टोलीको घोषणा, सन्दीप परेनन् - Crazysaptahik.com

नेपाली टोलीको घोषणा, सन्दीप परेनन्

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गरेको हो । क्यानले सन्दीप लामिछानेबिनाको टिम घोषणा गरेको हो ।

विश्वकप लिग २ को खेलमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएपछि क्यानले पोखरामा भएको कार्यसमिति बैठकबाट निलम्बन फुकुवा गरेको थियो ।

नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.