न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित - Crazysaptahik.com

न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित

इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो । जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए ।

म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन बनाएपनि टोलीलाई जीतसम्म डोयाउन सकेनन् । कप्तान बेन स्टोक्सले ३३ तथा बेन फोक्सले ३५ रनले बनाए । पहिलो पारीमा ८ विकेटको क्षतिमा ४३५ रन बनाउँदै इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

न्युजिल्याण्ड पहिलो पारीमा २०९ रनमा सीमित भएपछि टोली फलोअनमा परेको थियो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्डले पुनरागमन गर्दै ४८३ रन बनायो । जीतसँगै शृङ्खलामा १–१ को बराबरी भएको छ । न्युजिल्याण्डले सन् २०१७ देखि घरेलु मैदानमा कुनै शृङ्खला हारेको छैन ।

सम्बन्धित खवर